समूह दिशानिर्देशहरू (Discovery Session Guidelines)

समूह दिशानिर्देशहरू (Group Guidelines)

तलका दिशानिर्देशहरूले एउटा समूह र सहजकर्तालाई परमेश्वरको कथा खोजी समयको उद्देश्य र मूल्यमा केन्द्रित राख्‍न मद्दत गर्दछ।

समूह दिशानिर्देशहरू

  1. सबैले वाक्यहरू बाँढ्नेछन्, अनुच्छेदहरू होइन (केही व्यक्तिले मात्र छलफललाई प्रभाव पार्ने कुरालाई हावी हुन नदिनोस्)।
  2. यो खण्डमा के भनिरहेको छ त्यसमा मात्र ध्यान दिनुहोस् (अन्य परिच्छेदहरूमा होइन)।
  3. केवल यो समूहले के देखिरहेको छ त्यसमा जोड़ गर्नुहोस् (अन्य व्यक्तिको दृष्टिकोण वा बाहिरी स्रोतहरू होईन)।
  4. व्यक्तिलाई जवाफ दिन समय दिनुहोस् (मौनतासँग नडराउनुहोस् यदि सहभागीहरूले  जवाफ दिदैनन वा इच्छुक छैनन भने अरुलाई “पास” गर्न लगाउनु होस्)

सहजकर्ता दिशानिर्देशहरू (Facilitator Guidelines)

  1. सहजकर्ताले सिकाउनु हुदैन (सहयोगी गाईडको प्रयोग गर्नुहोस्)।
  2. सबै पाठहरुलाई तालिकामा राख्नुहोस् - सबै सेक्सनहरू पूरा गर्नुहोस्। (सिफारिस गरिएको समय: २५% जोडनु, ५०% पत्ता लगाउनु, र २५% प्रतिक्रिया दिनु )।
  3. बाइबल खण्डको बारेमा प्रश्नहरूको लागि: "यस खण्डमा कुन कुराले हामीलाई त्यस प्रश्नको जवाफ दिन मद्दत गर्दछ?" (लक्ष्य चाँहि समूहका सबैले बाइबल बुझ्न सकन भनि मद्दत गर्नुहो।)
  4. खण्डसंग असम्बन्धित प्रश्नहरूको लागि: " यसबारेमा हाम्रो समूह सेशन पछि छलफल गरौं" वा, "अर्को समयमा यस प्रश्नबारे थप अध्ययन वा छलफल गरौं ।"
  5. "अनौंठो" वा "गलत" व्याख्या वा छलफल: "यो खण्डमा त्यो कहाँ भेटीन्छ?" यदि तिनीहरूले यस्तो केही कुरा देखेका छन् कि भनि समूहलाई सोध्नुहोस् (आत्म-सुधारको वातावरण बनाउनुहोस)। याद गर्नुहोस्, "आजको लक्ष्य भनेको यस परिच्छेदले के भन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नु हो।"
  6. दोस्रो वा तेस्रो हप्ता पछि नयाँ व्यक्तिलाई समूह ल्याउन बन्द गर्नुहोस्। यदि कोसैले अरूलाई ल्याउन चाहन्छ भने, नयाँ समूह सुरुगर्न मद्दत गर्नुहोस्।