सहजकर्ताको मार्गनिर्देशन (Facilitator's Guide)

सहजकर्ताको मार्गनिर्देशन (Facilitator’s Guide)

सत्यताको खोज समयको लागि प्रत्येक परमेश्वरको कथाको ३ वटा आवश्यक भागहरू निम्न छन्: जोड्नु, खोज्नु, र प्रतिक्रिया। सहजकर्ताले निम्न प्रक्रिया मार्फत समूहलाई मार्गनिर्देशन गर्दछ।

 

जोड्नु

  • आज तपाई के को लागी धन्यवादी हुनुहुन्छ?
  • गत हप्ता देखि तपाईको जीवनमा परमेश्वरले कसरी काम गरिरहनु भएको छ?
  • जीवनमा तपाईले कस्ता कठिनाइहरूको सामना गरिरहनु भएको छ? हामी कसरी मद्दत गर्न सक्छौं?
  • तपाईंले गत पाठको खोजी र सिकाईलाई कसरी लागू गर्नुभयो? के भयो?
  • तपाईंले गत पाठको खोजी र सिकाईबारे कोसँग बाँढनुभयो? तिनीहरूको प्रतिक्रिया कस्तो थियो?

 


खोज्नु (पत्ता लगाउनु)

चरण १- सहभागीहरूले बाइबल खण्डलाई पालैपालो पढ्नेछन् (कुनै नयाँ शब्द भएमा स्पष्ट पार्नुहोस्)

चरण २- एक व्यक्तिले ठूलो स्वरमा पूरै खण्ड पढ्नेछन् र बाँकी सहभागीहरूले सुन्नेछन्।

चरण ३- उक्त खण्डलाई एक सहभागीले आफ्नै शब्दहरुमा पुन: वर्णन गर्नेछन् (अरुहरुले अन्य छुटेका विचारहरु थप्नेछन्)

 


सोधाई/जवाफ:

  • यो परिच्छेदमा तपाईंले के देख्नुहुन्छ?
  • यो परिच्छेदले तपाईंको लागि के अर्थ राख्छ?
  • तपाईंलाई यो परिच्छेदको के कुरा मनपर्छ र के कुरा मनपर्दैन?
  • तपाईंले परमेश्वर/मानिसहरुलाई हेर्ने तरीकामा यस परिच्छेदले कसरी परिवर्तन गर्छ?

 

प्रतिक्रिया: यदि यो सत्य होभने...

  • यसले तपाईंको जीवनशैलीलाई कसरी परिवर्तन गर्दछ?
  • आजको खोजी र सिकाईबारे तपाईले कोसँग बाँढ्नुहुन्छ?

 


अन्त्य

  • समूह अर्को पटक कहिले भेला हुने हो सो निर्णय गर्नुहोस्।
  • प्रार्थना गरेर अन्त्य गर्नुहोस् (पहिला उल्लेखित आवश्यकताहरूको लागि प्रार्थना गर्नुहोस्)